सीधै सामग्री हेर्नुहोस्
Google Play Games को बिटा संस्करण
मुख्य सामग्रीको सुरुको भाग।

विभिन्न डिभाइसहरूमा गेम खेल्नुहोस्

Google Play Games बिटा प्रयोग गरी iOS र Android मा उपलब्ध PC का लागि बनाइएका गेम तथा मोबाइल गेमहरू खेल्नुहोस्। आफ्ना खरिदलाई लाभमा बदल्नुहोस्। तपाईंले PC मा कुनै पनि गेम खरिद गर्दा तपाईं Google Play पोइन्ट प्राप्त गर्नुहुन्छ। यहाँ गई Google Play पोइन्टका बारेमा थप जान्नुहोस्।
अफर उपलब्ध हुने हप्ता ८/२८ देखि ९/१२ सम्म हो। PC मा खेल्न मिल्ने आफूलाई मन पर्ने गेमहरूमा उत्कृष्ट अफर र छुटहरू प्राप्त गर्नुहोस्। 🎉
थप जानकारीका लागि स्क्रोल गर्नुहोस्
  • अझ ठुलो स्क्रिन र थप नियन्त्रण सुविधा
  • सबै डिभाइसहरूमा सजिलैसँग सिंक गर्ने सुविधा
  • Google का आधिकारिक सेवा तथा सुविधाहरू

PC मा खेल्न मिल्ने गेमहरूका सबैभन्दा ठुला सूचीमध्ये एउटा सूचीमा आफूलाई मन पर्ने अर्को गेम भेट्टाउनुहोस्

PC का लागि अप्टिमाइज गरिएका गेमहरू खेल्नुहोस् र iOS तथा Android मा उपलब्ध हजारौँ गेमहरूका अझ राम्रा संस्करण अझ ठुलो स्क्रिनमा खेलेर आनन्द लिनुहोस्

  • Adorable Home

  • AFK Arena

  • Age of Apes

  • 1945 Air Force: Airplane Games

  • Among Gods! RPG Adventure

  • Arknights

  • Asphalt Legends - Racing Game

  • Basketrio:Allstar Streetball

  • ब्लेड निष्क्रिय

  • Botworld Adventure

  • Braveland Heroes

  • इँटा ब्रेकर खोज

  • Bubble CoCo : Bubble Shooter

  • Cafe Panic: Cooking games

  • 叫我萬歲爺

  • Call of Dragons

  • CookieRun: Kingdom

  • CookieRun: OvenBreak

  • Day R Survival: Last Survivor

  • Dragon Mania Legends

  • Dragonscapes Adventure

  • Drift Max Pro Car Racing Game

  • Dungeon Knight

  • eFootball™  CHAMPION SQUADS

  • Empire Takeover

  • Eversoul

  • Evony: The King's Return

  • Game of Sultans

  • Gardenscapes

  • Genshin Impact

  • Golf King - World Tour

  • Grimvalor

  • Hades' Star

  • Homescapes

  • Horizon Chase – Arcade Racing

  • Hungry Shark Evolution

  • Hustle Castle: Medieval games

  • Idle Heroes

  • Idle Mafia - Tycoon Manager

  • KPop Idol Queens Production

  • Island War

  • Jumo Clicker! - Pancake Tycoon

  • Just Dance Now

  • KidloLand Kids & Toddler Games

  • King's Throne: Royal Delights

  • Last Fortress: Underground

  • Last Shelter: Survival

  • Left to Survive: Zombie Games

  • Lords Mobile: Kingdom Wars

  • Luna Re : Dimensional Watcher

  • Magic Jigsaw Puzzles-Games HD

  • Magic Rampage

  • Masha and the Bear Pizza Maker

  • Merge Fables

  • 기적의 검

  • Mobile Legends: Bang Bang

  • OTR - Offroad Car Driving Game

  • Open House: Match 3 puzzles

  • Pixel Starships™

  • Pirates of the Caribbean: ToW

  • धर्म इन्क. भगवान सिम्युलेटर

  • Rise of Castles: Ice and Fire

  • Rise of Kingdoms: Lost Crusade

  • Ronin: The Last Samurai

  • Ski Resort: Idle Tycoon & Snow

  • Space shooter - Galaxy attack

  • Star Chef 2: Restaurant Game

  • State of Survival: Zombie War

  • Summoners War X TEKKEN 8

  • Summoners War: Chronicles

  • Ten Crush

  • Township

  • Top Eleven Be a Soccer Manager

  • Top War: Battle Game

  • Tower Conquest: Tower Defense

  • Tower of God: NEW WORLD

  • Tower Defense: Towerlands (TD)

  • Turnip Boy Commits Tax Evasion

  • Undersea Solitaire Tripeaks

  • Valor Legends: Idle RPG

  • Marble Shooter: Viola's Quest

  • War Alliance - PvP Royale

  • War and Magic: Kingdom Reborn

  • War and Peace: Civil War

  • War Planet Online: MMO Game

  • Wild Castle: Tower Defense TD

  • Worms Zone .io - Hungry Snake

  • WWE SuperCard - Wrestling Game

  • Zen Koi 2

  • Zombeast: FPS Zombie Shooter

गेम खेल्दा रिवार्डहरू आर्जन गर्नुहोस्

Google Play Points मा सामेल भएर आफूले PC मार्फत खरिद गर्ने सबै सामग्रीलाई रिवार्डमा बदल्नुहोस्। तपाईंले Google Play Games प्रयोग गरेर PC मार्फत जहाँसुकैबाट सामग्री (एपबाट किन्न मिल्ने सामग्री, प्रिमियम गेम र सदस्यताहरू) खरिद गर्दा पोइन्टहरू आर्जन गर्नुहोस्। तपाईंले मोबाइलमा गरेअनुसार नै PC मा पनि लाभ र गेमबाट किन्न मिल्ने सामग्री प्राप्त गर्न आफ्ना पोइन्टहरू सजिलैसँग रिडिम गर्नुहोस्।

Google Play Points मा सामेल हुन यहाँ जानुहोस्।

Google का सहायताले आफ्नो गेमको प्रगति सुरक्षित राख्नुहोस्

Google का सुरक्षितपना र सुरक्षाका सहायताले आत्मविश्वासका साथ गेम खेल्नुहोस् र भुक्तानी गर्नुहोस्। हामी तपाईंका डिभाइसहरू सुरक्षित राख्न र तपाईंलाई आवश्यक परेका खण्डमा खरिद रकम फिर्ता गर्न सघाउन सबै गेमहरूमा सुरक्षितपनाको जाँच गर्छौँ।

आफूले चाहेका बेला जुनसुकै ठाउँबाट सिंक गर्नुहोस् र जहाँ रोकिएको थियो त्यहीँबाट नै सुरु गर्नुहोस्

आफ्नो Google खाता वा गेम खातामा एक पटक साइन इन गरेकै भरमा आफूले विभिन्न डिभाइसमार्फत गेममा हासिल गरेको प्रगति सिंक गर्नुहोस्।

निर्बाध रूपमा PC देखि मोबाइलमा र मोबाइलदेखि PC मा आफूले कुनै गेम खेल्न छाडेकै ठाउँबाट उक्त गेम खेल्न थाल्नुहोस्।

आफ्ना गेम आफ्नै तरिकाले खेल्नुहोस्

आफ्नो माउस र किबोर्ड प्रयोग गर्ने तरिका पर्सनलाइज गर्नुहोस्। किबोर्डको कुन चाहिँ की थिच्दा गेममा कुन कारबाही लागू हुन्छ भन्ने कुरा कस्टमाइज गर्नुहोस् र सबै मोबाइल गेममा किबोर्ड कन्ट्रोलहरू सेट गर्नुहोस्।

तपाईं मल्टी-इन्स्टेन्सिङ सुविधाका सहायताले फरक फरक खाता प्रयोग गरेर एकभन्दा बढी गेम वा एउटै गेम एकै पटक खेल्न सक्नुहुन्छ।

गेमको अभूतपूर्व अनुभव लिनुहोस्

ठुलो स्क्रिन र अप्टिमाइज गरिएको ग्राफिक्स प्रयोग गरी गेमको अझ बढी मजा लिनुहोस्।

न्यूनतम मापदण्डहरू

  • OS: Windows 10 (v2004)
  • भण्डारण: १० जि.बि. खाली ठाउँ भएको Solid State Drive (SSD
  • ग्राफिक्स: IntelⓇ UHD Graphics 630 वा सो सरहका GPU
  • प्रोसेसर: CPU मा ४ वटा फिजिकल कोर
  • मेमोरी: ८ जि.बि. RAM
  • Windows एड्मिनको खाता
  • हार्डवेयर भर्चुअलाइजेसन सुविधा अन गरिएको हुनु पर्ने

यी मापदण्डहरूका बारेमा थप जान्न मद्दत केन्द्रमा जानुहोस्।

Intel भनेको Intel Corporation वा यसका सहायक कम्पनीहरूको दर्ता गरिएको ट्रेडमार्क हो। Windows भनेको Microsoft समूहका कम्पनीहरूको ट्रेडमार्क हो।

प्रायः जसो सोधिने प्रश्नहरू

तपाईं Google Play Games on PC एपका सहायताले Windows डेस्कटप वा ल्यापटपमा मोबाइल गेमहरू ब्राउज गर्न, डाउनलोड गर्न र खेल्न सक्नुहुन्छ। तपाईं आफूलाई मन पर्ने गेमहरू PC मा खेल्नुका साथै गेम खेल्दा किबोर्ड र माउस चलाउन, आफूलाई मन पर्ने गेमहरू एकै समयमा विभिन्न डिभाइसमा खेल्न, आफ्नो डेटा विभिन्न डिभाइसमा निर्बाध रूपमा सिंक गर्न र Google Play Points कार्यक्रममा सामेल हुन सक्नुहुन्छ।

आफ्नो PC मा बिटा डाउनलोड गर्नुहोस् र .exe फाइल खोल्नुहोस्। त्यसपछि स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना तिरे पुग्छ। अतिरिक्त जानकारी प्राप्त गर्न हाम्रो मद्दत केन्द्रमा भएको लेख पढ्नुहोस्।

Google Play Games बिटा संस्करण १३० वटाभन्दा बढी क्षेत्रमा उपलब्ध छ।

यी क्षेत्रमा बसोबास गर्ने र योग्य खाता भएका सबै मान्छेहरू बिटा संस्करण डाउनलोड गर्न सक्छन्।

तपाईं बिटा संस्करण चलाउन चाहनुहुन्छ भने तपाईंको PC ले अनिवार्य रूपमा यी मापदण्डहरू पूरा गर्नु पर्छ:

  • Windows 10 (v2004)
  • १० जि.बि. खाली ठाउँ भएको Solid State Drive (SSD
  • IntelⓇ UHD Graphics 630 वा सो सरहका GPU
  • CPU मा ४ वटा फिजिकल कोर
  • ८ जि.बि. RAM
  • Windows एड्मिनको खाता
  • हार्डवेयर भर्चुअलाइजेसन सुविधा अन गरिएको हुनु पर्ने

अहँ, तपाईंको PC मा AMD प्रोसेसर छ भने तपाईंसँग Intel प्रोसेसर भएका PC मै उपलब्ध सबै उत्कृष्ट गेमहरूको एक्सेस हुन्छ।

Sony PlayStation, MS Xbox र अन्य केही तेस्रो पक्षीय कन्ट्रोलरहरूलगायतका अधिकांश कन्ट्रोलरहरू प्रयोग गर्न मिल्छ।

Google Play Games को मोबाइल एप विशेष गरी इन्स्ट्यान्ट गेम खेल्न मिल्ने गरी बनाइएको छ। तपाईं उक्त मोबाइल एपका चलाएर सीधै क्याजुअल गेम खेल्न थाल्न सक्नुहुन्छ। अब “Google Play Games” भन्नाले PC मा चल्ने एप भनेर बुझिने छ। तपाईं यो एप चलाएर आफूलाई मन पर्ने Android गेमहरू PC मा खेल्न र PC का लागि अप्टिमाइज गरिएका धेरै गेमहरू खेल्न सक्नुहुन्छ।

हाल यो बिटा संस्करण लन्च गरिएका देशहरूमा २,००,००० भन्दा बढी गेमहरू उपलब्ध छन्। हामी नियमित रूपमा गेमहरू हालिरहन्छौँ, त्यसैले नयाँ गेमहरूका बारेमा थाहा पाउन बेला बेलामा गेमहरूको सूची हेर्नुहोला।गेमहरू अन्वेषण गर्नुहोस्

Google Play Games on PC डिभाइसमा इन्स्टल गर्नु पर्ने Windows एप हो र यसले मोबाइल फोनलगायतका अन्य डिभाइसको कुनै पनि भण्डारण प्रयोग गर्दैन।

बिटा संस्करण चलाई हेर्नुहोस्

Google Play Games बिटा चलाई हेर्नुहोस्। यसका लागि तपाईंसँग मापदण्डहरू पूरा गर्ने PC भए पुग्छ।